जसपाको यी माग पुरा: ओलीलाई निरन्तरता दिन जसपा तयार

काठमाडौँ, ७ जेठ । जनता समाजवादी पार्टी (जसपा)को माग पुरा भएपछि महन्थ ठाकुर पक्ष केपी ओलीकै निरन्तरताका लागि तयार भएको छ । प्रदेशको सीमांकनसहित संशोधन गर्ने सुझाव दिनेगरी संविधान संशोधनका लागि कार्यदल बनाउने र नागरिकता कानुन सरकारले अध्यादेशबाटै जारी गरेर जन्मसिद्धका आधारमा सन्तानलाई वंशजको नागरिकता दिने सहमति पछि ठाकुर पक्ष ओलीको निरन्तरताका लागि सहमत भएको…