काठमाडौँ, ६ जेठ । परराष्ट्रमन्त्री तथा नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले सर्वोच्च अदालतले दिएको निदेृशन तथा फैशला कार्यान्वयन गर्नु एमालेका कर्तव्य भएको बताउनुभएको छ । नेकपा एमालेले गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशको सम्मान गर्ने उहाँले जनाउनुभएको छ । एमाले स्थायी कमिटीको बैठकपछि पत्रकारसँग कुरा गर्दै मन्त्री ज्ञवालीले अदालतको निर्णय कार्यन्वयन…