प्रदेश २ मा मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र : मन्त्रिपरिषद् समावेशी भएन

जनकपुर, ३० जेठ । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि व्यक्त गर्दै पत्र पठाउनुभएको छ । प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने उल्लेख गर्नुभयो ।…