माओवादीका थप दुई सांसद कारबाहीमा

काठमाडौँ, २८ चैत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी परित्याग गरेर नेकपा (एमाले) को सदस्यता प्राप्त गरेको भन्दै राष्ट्रिय सभाका दुई सदस्यलाई कारबाहीसहित दल त्यागको जानकारी सङ्घीय संसद्लाई दिएको छ । पार्टीले दल त्यागको जानकारीसहितको सूचना शुक्रबार सङ्घीय संसद्का महासचिवसमक्ष दिएको हो। उक्त सूचना राष्ट्रिय सभामा पठाइएको छ। सदस्यद्वय रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई…