काठमाडौँ, २७ चैत । जनता समाजवादी पार्टी (जसपा) ले मधेस आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन बिहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ । पत्रमा मुद्दा लगाइएका व्यक्तिहरूको नाम राखिएको छ । जसपाका नेता डा. सुरेन्द्र झाले बिहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपानेलाई मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूची बुझाएका हुन् । २४ थान मुद्दामा…