मकवानपुर, १४ साउन । बागमतीका प्रदेश कांग्रेस संसदीय दलको नयाँ नेता चयनका लागि बुधबार निर्वाचन हुने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले दलको नेताको हैसियत गुमाएका छन् । लामाविरुद्धको अविश्वासको प्रस्तावमा मंगलबार भएको मतविभाजनमा कांग्रेसका ३७ सांसदमध्ये २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । कांग्रेस प्रदेश कार्यसम्पादन समितिले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन…