राष्ट्रपति भण्डारीद्वारा सावधानी अपनाएर होली मनाउन आह्वान

काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आह्वान गरेकी छन् । होली पर्वको शुभकामना दिदै उनले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्‍भाव¸ सहिष्णुता¸आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरेकी छन् । साथै यसै पर्वका…