रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किए: कुन देशबाट कति ?

काठमाडौँ, २१ वैशाख । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन् । एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ । तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन । केन्द्रका अनुसार…