काठमाडौँ, २५ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गर्नुभएको छ । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामती सेवाका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामति प्रशासनमा ‘झिङ्गे टसाई’ सोच प्रमुख समस्याको रुपमा रहेको बताउनुभयो । समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको उल्लेखख गर्दै उहाँले निजामती प्रशासनले परिणामलाई…