काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेसले शुक्रबारका लागी संसदीय दलको बैठक बोलाएको छ । मुख्य सचेतक बालकृष्ण खाँडका अनुसार फागुन २३ गतेदेखि शुरू हुने संसद अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न फागुन २१ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । यसैबीच नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फागुन २२ गते बोलाउने तयारी थालिएको छ…