काठमाडौँ, १३ फागुन । सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् । पूर्वाधार विस्तारको काम थालनी नै भइसकेको छ । खोप भण्डारण क्षमता वृद्धि गर्न सरकारले आठवटा खोप भण्डार गृह स्थापना थालेको सहरी विकास मन्त्रालयले जनाएको छ…