काठमाडौँ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकै पटक एक सय ६५ वटा सडकको शिलान्यास गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आयोजनामा निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तरगत देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा एक एक वटा ठूला सडकहरुको आज प्रधानमन्त्री निवास वालुवाटारबाट स्वीच अन गरी प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो…