काठमाडौँ, ११ फागुन । महान्यायाधिवक्ता अग्निप्रशाद खरेलले आफूले राजीनामा नदिएको बताएका छन । विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रकाशित भएका थिए । खरेलले आफुविरुद्ध षडयन्त्र भइरहेको बताउँदै भने, ‘मेरो विरुद्ध कुनै कुनामा बसेर मान्छेले…