आयोगको निर्णयले पार्टी एकतामा बल पुग्छ : नेता गौतम

काठमाडौँ, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताउनुभएको छ । पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ।” उहाँले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि…