एउटै पालिकामा १५ हजार रोपनी सार्वजनिक जमिन अतिक्रमण

काठमाडौँ, ४ माघ । पर्वतको जलजला गाउँपालिकामा १५ हजार रोपनी सार्वजनिक जमिन अतिक्रमण गरेको पाइएको छ । गाउँपालिकाले गठन गरेको अनुगमन समितिले मालढुंगा–बेनी सडकखण्ड र कालीगण्डकी किनारलगायतका क्षेत्रमा बहुमूल्य सार्वजनिक जमिन अतिक्रमण गरी व्यक्तिले प्रयोग गर्दै आएको पाइएको हो । गाउँपालिकाले समिति बनाएर हालै सार्वजनिक जग्गा खोजी गरेको थियो । समितिले एक वर्षसम्म गरेको अध्ययनका क्रममा…