३ वर्षसम्म सरकारमा बस्नेहरु अहिले ढुंगा हान्दै हिँडेका छन्: मन्त्री रायमाझी

काठमाडौँ, २९ पौष । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ३ वर्षसम्म केपी ओली नेतृत्वको सरकारमा बसेकाहरुले नै अहिले सडकमा ढुंगा हान्दै हिँडेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले ३ वर्षसम्म सरकारमा बसेर अन्तिममा प्रधानमन्त्रीलाई नै ‘कु’ गर्ने षड्यन्त्रको मतियार बनेकाहरु नै अहिले सडकमा ढुंगा हान्दै हिँडेको बताएका हुन् । उनले भने, ‘पार्टीभित्रैबाट…