निर्वाचनको उत्कृष्ट वातावरण बढाउन प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौँ, २७ पौष । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरानो र नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर निर्वाचनको उत्कृष्ट वातावरण बढाउन सबै सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । उहाँले निर्वाचनमा सरकारी स्वामित्वका सञ्चार माध्यमको राष्ट्रिय दायित्व अन्य सञ्चार माध्यमको भन्दा बढी रहेकाले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउन पनि…