राष्ट्रपति भण्डारीद्वारा स्विस राष्ट्रपतिलाई बधाई

काठमाडौँ, २४ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले स्विस महासङ्घका राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा गी पार्मेलिनलाई बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्ना स्विस समकक्षीलाई बिहिबार सन्देश पठाएर उहाँप्रति बधाई ज्ञापन गर्नुभएको हो । सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९५६ मा नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच निकट एवं हार्दिक सम्बन्ध कायम रहेको बताउँदै नेपालको विकास प्रयासमा…