वर्षदिन नबित्दै भत्कियो बाँध, लेनदेनसम्बन्धी अर्को अडियो सार्वजनिक !

काठमाडौँ, १९ पौष । कमजोर गुणस्तरका कारण १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको बाँध निर्माण पूरा गरेको एक वर्ष नपुग्दै भत्किएको छ । भोटेकोसी कम्पनीका कर्मचारी, परामर्शदाता र ठेकेदारको मिलेमतोमा संरचना टालटुल पारेर दुरुस्त बनाउन खोजे पनि बाँधको स्पिल–वे (पानी बग्ने भाग) भत्केको घटना सार्वजनिक भएको हो । लकडाउनकै बीच गत चैत–वैशाखमा बाँधको निर्माण गरिएकामा अहिले संरचनाको ठाउँ–ठाउँमा भ्वाङ…