निर्वाचनमा द्विविधा नराखी जनतामाझ जान प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, १० पौष । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबारे कुनै द्विविधा नराखी दृढ विश्वास र साहससाथ जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिनुभएको छ । केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भन्नुभयो, “यो प्रणालीको रक्षा गर्ने हामी छौंँ । अब एक–दुई चुनाव लडेर राम्रा काम गरेपछि हाम्रा सन्ततिले…