काठमाडौँ, १९ मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको भ्रमणसँगै भारतसँगको औपचारिक संवादको ढोका खुलेको बताएका छन् । आज संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको नेपाल भ्रमणले भारतसँगको संवादहीनताको अवस्थालाई अन्त्य गरेको बताएका हुन् । विदेश सचिवको नेपाल भ्रमणमा सीमा सम्बन्धी समस्यालाई औपचारिक एजेन्डा बनाएर उठाइसकेको र…