सरकार चौतर्फी विकास मार्फत समृद्धि हाँसिल गर्ने दिशामा अगाडी बढ्योः मन्त्री नेम्बाङ्ग

पाँचथर, १२ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार चौतर्फी विकास मार्फत समृद्धि हाँसिल गर्ने दिशामा अगाडी वढेको बताउनुभएको छ । बिहिबार पाँचथरको फिदिम नगरपालिका वडा नं. ६ सिवा स्थित सिद्धकालिका माविमा सूचना सञ्चारप्रविधि कक्ष (आसीटी ल्याब)को उद्घाटन गर्दै…