नेता बडाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ५ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री केशव बडाल दम्पत्तिलाई कोरोना संक्रमण भएको छ । नेकपाका केन्द्रीय सल्लाहकार समिति अध्यक्ष बडाललाई आज बिहान आएको पिसिआर परीक्षण रिपोर्टमा पोजेटिभ देखिएको हो । उहाँकी पत्नी शान्ति बडालको मंगलवार पोजेटिभ रिपोर्ट आएपछि नेता बडालको हिजो पिसिआर परीक्षणका लागि स्वाव दिइएको थियो ।…