भक्तपुर, २ मंसिर । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाइँ जित्न आम नागरिकले कडा अनुशासनको पालना गर्न आम नागरिकलाई आग्रह गर्नुभएको छ । शंखधर शाख्वाको शालिकमा माल्यार्पणपछि आयोजना भएको कार्यक्रममा उहाँले कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । कोरोना कहरका कारण नजिकबाट कुरा गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले अनुशासित…