काठमाडौँ, २४ कार्तिक । त्रुटिपूर्ण तथा आधारहीन अनुसन्धानबाट प्रहरी अनुसन्धानको विश्वसनीयतामा ह्रास आउने कुरालाई इन्कार गर्न नसकिने गरी सर्वोच्च अदालतले ६ वर्षअघि गरेको आदेश हाल आएर सार्वजनिक भएको छ । तत्कालीन न्यायाधीशहरु रामकुमारप्रसाद शाह र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले गरेको आदेश आइतबार सार्वजनिक भएको सो विषयसँग सम्बन्धित कानुन व्यवसायी अधिवक्ता विनोद कार्कीले जानकारी दिनुभयो ।…