ललितपुर, १५ भदौ । बलराम प्यासी । ३० वर्षे सेवा अवधिका कारण २०७५ साल मंसीरमा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवानिवृत्त भएका चर्चित ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु १ वर्ष ९ महिनापछि त्यो भन्दा एक पद माथि अर्थात डिएसपि सरहको पदमा नियुक्त भएका छन् । काठमाडौं उपत्यकाको दोस्रो महानगरपालिका ललितपुर महानगरपालिकाको ‘महानगर प्रहरी वल’ प्रमुखमा…