आज १०७औँ विपी जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, २४ भदौ । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउनु भएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको क्यान्सर रोगबाट विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी…