काठमाडौँ, १५ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले संगीतले सलहलाई लठ्याउने जानकारी पाएको उल्लेख गर्दै त्यस्तो गीत तथा संगीत झिकाउन लागिपरेको बताएका छन् । उनले ‘सलह कीरा कक्रक्कै हुने’ अमेरिकी हेभी मेटल म्युजिक ब्यान्डको गीत संकलन भइरहेको जानकारी दिए । सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले स्थानीय तहले सलह नियन्त्रण गर्न सक्ने…