वडाध्यक्षको निधन

चितवन, १० असार । चितवन राप्ती नगरपालिका ११ का वडाअध्यक्ष हितबहादुर तामाङको मृत्यु  भएको छ । राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार लामो समयदेखि कलेजो तथा जन्डिस रोगको उपचार गराइरहेका उनको मकवानपुरको भीमफेदीमा उपचारको क्रममा आज दिउँसो मृत्यु  भएको हो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।