वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना सङ्क्रमण

बारा, ५ साउन । बारामा वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार नारायणी अस्पतालमा गरिएको परीक्षणमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजिटिभ भेटिएको हो । देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका तीन, सुवर्ण गाउँपालिकाका तीन र अरु ६ जना गरी ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।…