लकडाउनले खुम्च्यायो लगानी

काठमाडौँ, १४ जेठ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण यस वर्ष सरकारी र निजी क्षेत्रबाट लगानी घट्ने भएको छ । गत आवमा प्रचलित मूल्यमा १९ खर्ब ५६ अर्ब ३७ करोड रुपैयाँ लगानी भएकामा चालु आवमा ३.४ प्रतिशत घट्ने सरकारी अनुमान छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार १८…