काठमाडौँ, ३ वैशाख । सरकारको निर्देशनअनुसार आवश्यक परेको बेलामा उडान भर्न निजी हेलिकोप्टर सहमत भएका छन् । कोरोना समन्वय समितिले स्वाब परीक्षण, मेडिकल सामग्री, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लिएर आवश्यक परेको समयमा उडान भर्न निजी वायुसेवा सञ्चालक संघलाई निर्देशन दिएको थियो । समितिको निर्देशन बमोजिम पर्यटन मन्त्रालयले संघसँग छलफल गरेको र संघ सहयोग गर्न राजी भएको…