नेपालमा चीनबाट चाँडै स्वास्थ्य सामग्री आउँदै छ : राजदूत यान्छी

काठमाडौँ, २५ चैत । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले चाँडै नेपाललाई मेडिकल सामग्री र उपकरण पठाउने बताएकी छन् । चीन र विश्वका अन्य देशमा महामारी फैलिएपछि नेपाल सरकारले अपनाएका उपायको उनले उच्च प्रशंसा गरेकी छन् । राजदूत यान्छीले नेपाल, दक्षिण एसियासहित विश्वका एक सय २० देशलाई चीनले सहयोग गरिरहेको उल्लेख गरेकी छन्…