सूर्यविनायक नगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण शुरु

भक्तपुर, २२ चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण देशमा लकडाउन भइरहेको समयमा सूर्यविनायक नगरपालिकाले विपन्न परिवारलाई राहत वितरण शुरु गरेको छ । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्ति वा परिवारलाई दैनिक गुजार चलाउन समेत समस्या भएकाले आफ्नो नगरपालिका भित्रका कोही नागरिक भोकै हुन नदिने लक्ष्यका साथ आज नगरपालिकाको…