साझा अभियानमा लाग्न मुख्यमन्त्री शाहीको अपिल

काठमाडौँ, १६ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसविरुद्धको अभियानमा एक भएर लाग्न कर्णालीवासीलाई अपिल गरेका छन् । मुख्यमन्त्री शाहीले महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले ५० करोडको विपद् व्यवस्थापन कोष खडा गरेको जानकारी दिए । ‘कोरोना भाइरसको प्रतिकार्यका लागि कोषमा मलगायत मेरो मन्त्रिपरिषद्का सदस्यले एक महिनाको पारिश्रमिक…