काठमाडौँ, १ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला दिनमा स्टीङ अपरेशन तिब्र पारेको छ । दिनहुँजसो कर्मचारी र सार्वजनिक पदाधिकारी स्टिङ अपरेशनको फन्दामा पर्न थालेका छन् । अख्तियार टोलीले शुक्रबार मात्रै रुपन्देहीस्थीत नापी कार्यालयका नापी अधिकृत सरोज श्रेष्ठसहित पाँच कर्मचारीलाई १७ लाख घुससहित नियन्त्रण लिएको छ । अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाका अनुसार…