काठमाडौँ, २० फागुन । सरकारले विभिन्न १८ वटा रुपान्तरणकारी (गेम चेन्जर) आयोजनासहित १५ औं योजना स्वीकृत गरेको छ । ती आयोजनामा २५ खर्ब लगानी गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको राष्ट्रिय योजना आयोगको बैठकले विभिन्न रुपान्तरणकारी आयोजना स्वीकृत गरेको हो । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले आयोगको बैठक राखेर ती…