काठमाडौँ, १५ असार । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले बाल विकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बनाउन सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेकी छन् । आज सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै भट्टराईले बाल विकास सहजकर्ताको योग्यतालाई उनीहरूको वृत्ति विकाससँग जोड्न सक्नुपर्ने धारणा राखेकी हुन् । …