चितवन, ६ पौष । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आउँदो फागुनभित्र भूमिहीन सुकुम्वासीले जग्गाधनी प्रमाणपत्र पाउने बताउनुभएको छ । चितवनको खैरहनी नगरपालिका वडा नं १२ मा रहेको अन्नपूर्ण मध्यवर्ती सहकारी संस्थाको उद्घाटन गर्दै मन्त्री अर्यालले वर्तमान सरकार भूमिहीन सुकुम्वासी समस्या समधानका लागि आयोगमार्फत टुङ्ग्याउन लागेको बताउनुभयो । सरकारले भूमिहीन सुकुम्वासीलाई पहिलो नम्बरमा…