काठमाडौँ, २९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक आज बस्ने भएको छ । अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा स्कूल विभाग, पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय…