काठमाडौँ, १६ जेठ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ । बिहीबार अर्थ मन्त्रालयको सुवर्णहलमा नियमित पत्रकार सम्मेलन मार्फत सरकारले गरेका निणर्यहरु सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद् बैठकका निर्णय : १.नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय नेपालीवार्ता टोली गठन गरिएको…