सांसद पहारीद्वारा साइकल र ह्वीलचेयर वितरण

पोखरा, १९ बैशाख । गण्डकी प्रदेशका सांसद तथा निवर्तमान युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले साइकल तथा ह्वीलचेयर वितरण गर्दै सामाजिक कार्यमा भावनात्मक तथा रचनात्मक विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । बुधवार चिल्लीवार एण्ड रेस्टुरेन्टको १०औं वार्षिकोत्सवको अवसरमा सांसद पहारीले टुरिष्ट प्रहरीलाई चार वटा साइकल र अपाङ्गता भएका व्यक्तिलाई ६ वटा ह्वीलचेयर हस्तान्तरण गर्नुभएको छ…