सप्तरी, ६ वैशाख । पूर्वसभासद् तथा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य छिन्नमस्ता गाउँपालिका– २ मोहनपुर निवासी वीपी यादव सरकारी छाप किर्ते अभियोगमा पक्राउ परेका छन् । यादव पहिलो संविधानसभामा मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट समानुपातिक सभासद् थिए । यादवसँगै सप्तरीकै राजगढ गाउँपालिका – ३ नर्घो निवासी अर्का केन्द्रीय सदस्य हरि मण्डललाई पक्राउ परेका…