नेपालका चाडपर्वले एकताको सन्देश दिएका छन् : सभामुख घिमिरे

काठमाडौँ, २४ जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताएका छन् ।  बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भने, “हाम्रो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहु–भेशभूषायुक्त सामाजिक संरचनाले बनेको सुन्दर फूलबारी हो, हाम्रो सामाजिक विविधताभित्र रहेको एकतार सहअस्तित्वको भावना…