रुपन्देही, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले अब नेपाललाई विखण्डन गर्ने सपना कसैले नदेख्न चेतावनी दिनुभएको छ । सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताउनुभयो । महासचिव पौडेलले ‘छुटै मधेश’…