काठमाडौँ, ३१ वैशाख । निर्वाचन आयोगले स्थानीय तहअन्तर्गत पहिलो चरणमा मुलुकका ३४ जिल्लामा आज भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ३, ४ र ६ नम्बर प्रदेशका २८१ स्थानीय तहमा भएको निर्वाचनमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक…