सांसद राई पक्राउ परेकोबारे प्रहरीले सभामुखलाई दियो जानकारी

काठमाडौँ, १४ वैशाख । काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा कांग्रेसकी सांसद माया राईलाई अनुसन्धानका लागि पक्राउ गरिएकोबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । शनिबार सांसद राईलाई पक्राउ गरेको प्रहरीले बेलुका नै सभामुख घिमिरेलाई त्यसबारे जानकारी गराएको हो । काठमाडौँ प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले सांसद राई पक्राउ परेकाबारे…