प्रधानन्यायाधीश राउत बेलायत प्रस्थान

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश  प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक भ्रमण एवं द्विपक्षीय सम्बन्ध विस्तारका क्रममा प्रधानन्यायाधीश राउतसहित सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल टर्किस एयरलाइन्सको जहाजमा बेलायत प्रस्थान गरेको सूचना अधिकारी अच्युत कुइँकेलले बताएका छन् । उनीहरूको ट्रान्जिट टर्कीको इस्तानबुल रहनेछ।  प्रधानन्यायाधीश राउत नेतृत्वको…