कांग्रेस पदाधिकारीबाट सरकारको आलोचना, देउवाद्वारा प्रतिरक्षा

काठमाडौँ, ५ वैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बोलाएको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको चर्को आलोचना गरेका छन् । सरकारले गर्नुपर्ने काम नगरेर मनमौजी रूपमा चल्ने गरेको भन्दै उनीहरूले सरकारलाई सुध्रिएर अघि बढे मात्र काँध थाम्नुपर्ने बताएका छन् । बैठक सुरु हुनासाथ महामन्त्री थापाले दुई ठूला दलको समीकरण किन…