काठमाडौँ, ५ माघ । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले करिब ५ अर्ब रुपैयाँ लागतको नयाँ बिलिङ प्रणाली खरिदको विवादित ठेक्का प्रक्रिया आधिकारिक रूपमा रद्द गरेको छ । कम्पनीले आइतबार सूचना जारी गर्दै कन्भर्जेन्ट रियल–टाइम बिलिङ तथा ग्राहक सहयोग प्रणालीसम्बन्धी विवादित ठेक्का प्रक्रिया रद्द गरेको हो । नेपाल टेलिकमको केन्द्रीय खरिद विभागले जारी गरेको सूचनामा आपूर्ति, डेलिभरी, जडान…